आईपीएलमा लखनउ सुपर जायन्ट्स विजयी

आईपीएलमा लखनउ सुपर जायन्ट्स विजयी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । लखनउले चेन्नई सुपर किंग्सविरुद्व सात विकेटको सहज जित दर्ता गरेको हो ।

भारत रत्न श्री अलट बिहारी वाजपाई एकना क्रिकेट मैदानमा चेन्नईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य घरेलु टोली लखनउले १६.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

लखनउका मिचेल मार्शले ९० रनको उत्कृष्ट इनिङ खेले । उनले ३८ बलमा नौ चौका र सात छक्का प्रहार गरे । जोश इंग्लिसले ३६ रन जोड्दा निकोलस पुरन ३२ र मुकल चौधरी १३ रनमा अवजित रहे । पहिलो विकेटका निम्ति मार्श र इंग्लिसले १३५ रनको शतकीय साझेदारी गरेका थिए । चेन्नईका मुकेश चौधरी र स्पिन्सर जोनसनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङका लागि आएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो । चेन्नईका कार्तिक त्यागीले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ४२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । शुभम दुवे ३२ रनमा अविजित रहँदा डिबाल्ड ब्रेभिसले २५, सञ्जु स्यामसनले २०, प्रशान्त वीरले अविजित १३ र कप्तान रुतुराज गायकवाले १३ रन जोडे ।

जितसँगै प्लेअफ दौडबाट बाहिरिसकेको लखनउ १२ खेलबाट आठ अंकका साथ पुछारमा छ । पराजित चेन्नई समान खेलबाट १२ अंकका साथ छैटौँ स्थानमा छ ।

Logo