जापानले फिफा विश्वकप–२०२६ खेल्ने २६ सदस्यीय अन्तिम टोली घोषणा

जापानले फिफा विश्वकप–२०२६ खेल्ने २६ सदस्यीय अन्तिम टोली घोषणा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । एशियाका फुटबल हस्ती जापानले फिफा विश्वकप–२०२६ खेल्ने २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा जापान समूह एफमा छ । समूह ‘एफ’ मा जापान, नेदरल्याण्ड्स, स्वीडेन र ट्युनिसिया रहेका छन् । जापानले जुन १४ मा नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । जापानले जुन २१ मा ट्युनिसिया र जुन २६ मा स्वीडेनको सामना गर्नेछ ।

जापानी टिममा अधिकांश खेलाडी युवापका विभिन्न देशका लिग खेल्ने खेलाडीहरु छन् । जसमा इंग्लिस क्लब लिभरपुलबाट खेल्ने वातारु एन्डोसहित क्रिस्टल प्यालेसमा दाइची कामाडा, बायर्न म्युनिखबाट खेल्ने हिरोकी इतो लगायत खेलाडी जापानी टोलीमा समावेश छन् ।

जापानको अन्तिम टोली

गोलकिपर: हायाकावा तोमोकी, सुजुकी जिओन, ओसाको केइसुके

डिफेन्डर: नागातोमो युटो, तानिगुची शोगो, तोमियासु ताकेहिरो, इटाकुरा को, वातानाबे सुयोशी, हिरोकी इतो, सुजुकी जुन्नोसुके, सेको अयुमु, सुगावारा युकिनारी

मिडफिल्डर र फरवार्डहरू: कामदा दाईची, सानो काइसु, तनाका आओ, एन्डो वाटारु, नाकामुरा केइटो, दोआन रित्सु, इतो जुन्या, कुबो टेकफुसा, सुजुकी युइटो, उइदा अयासे, ओगावा कोकी, मेडा डेजेन, शिओगाई केन्टो, गोटो केसुके

Logo