फिफा विश्वकपका लागि बेल्जियमको अन्तिम टोली घोषणा

फिफा विश्वकपका लागि बेल्जियमको अन्तिम टोली घोषणा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । फिफा विश्वकप- २०२६ का लागि बेल्जियमले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने यस विश्वकपको समूह ‘जी’ मा बेल्जियम रहेको छ । यस समूहमा बेल्जियमसहित इजिप्ट, इरान र न्युजिल्यान्ड रहेका

बेल्जियमको टिममा केभिन डे ब्रुएना, थिबाउट कोर्टुवा, थोमस मुनिएर, एक्सेल विट्सेल र रोमेलु लुकाकु जस्ता अनुभवी र स्टार खेलाडीहरू समावेश छन् ।
सर्वाधिक गोलकर्ता लुकाकुले टोलीमा स्थान बनाएका छन् । नेपोलीबाट खेल्ने क्रममा उनको सिजन चोटका कारण प्रभावित भए पनि उनी विश्वकप टोलीको मुख्य रोजाइमा परेका छन् ।

गोलकिपरमा रियल मड्रिडका थिबाउट कोर्टुवासँगै बलिया वैकल्पिक खेलाडीहरूको उपस्थिति रहेको छ । फ्रान्सेली क्लब लिलबाट उत्कृष्ट प्रदर्शन गरिरहेका माटियास फर्नान्डेज-पार्दो पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । विश्वकपमा बेल्जियम आफ्नो बलियो मिडफिल्डको भरमा मैदान उत्रँदै छ

बेल्जियम टोली :

गोलकिपर: थिबाउट कोर्टोइस, सेने लामेन्स, माइक पेन्डर्स

डिफेन्डर: टिमोथी कास्टग्ने, जेनो डेबास्ट, म्याक्सिम डे क्युपर, कोनी डे विंटर, ब्रान्डन मेचेले, थोमस म्युनियर, नाथन एनगोय, जोकिन सेस, आर्थर थिएट

मिडफिल्डर: केभिन डी ब्रुइन, अमाडो ओनाना, निकोलस रस्किन, युरी टिलेम्यान, हान्स भानाकेन, एक्सेल विट्सेल

फरवार्ड: चार्ल्स डी केटेलेर, जेरेमी डोकु, माटियास फर्नान्डेज पारडो, रोमेलु लुकाकु, डोडी लुकेबाकियो, डिएगो मोरेरा, एलेक्सिस सेलेमेकर, लिएन्ड्रो ट्रोसार्ड

Logo