काठमाडौं, १६ पुस ।
महलको सुखसयल । श्रीमती र छोरीसँगको माया–प्रेम । सुरा–सुन्दरीहरूसँगको रमाइलो । अर्को शब्दमा भन्नुपर्दा एक सम्पूर्ण सांसारिक वातावरण । के एउटा तन्नेरी यी सबै मोजमस्ती र बाध्यताका साइनोहरूलाई चटक्कै तोडेर रातारात साधु बन्न सक्छ ? इतिहासमा समेत यस्ता पात्र अपवादमा मात्र भेटिन्छन् । तर यसै युगमा एउटा युवा २५ सय वर्षअघि दरबार छोडेर निस्किएका राजकुमार सिद्धार्थ गौतमको पदचाप पछ्याउँदै महल छोडेर कुटी रोज्छ । ५ वर्षदेखि साधुको जीवन बाँच्दै आएको त्यस तन्नेरीसँगको साक्षात्कार नै आजको हाम्रो रिपोर्ट हो ।
– सम्भ्रान्त परिवारको दैनिकी माया मारेर एउटा तन्नेरी पशुपतिनाथ परिसरभित्र मृगस्थलीमा रहेको कुटीमा बस्छ भन्ने कथा के तपाईंले सुन्नु भएको छ ?
– भक्तहरूलाई यसरी जीवन र जगत सिकाउने यी तन्नेरी गुरु उमेरको हिसावले भर्खरै ४० टेकेका छन् । उनको नागरिकतामा उल्लेख भएको नाम प्रवञ्जन बहादुर सिंह हो । तर यस आश्रममा यिनलाई व्यग्र वेदनाथको नामले चिनिन्छ । उनी विगत ५ वर्षदेखि गोरखनाथ गोरक्षपीठमा धेरैको गुरु, शुभचिन्तक र पथप्रदर्शक भएर बसेका छन् । उनलाई महाराज भनेर संबोधन गर्नेहरूको पनि गोरक्षपीठमा भीड लाग्ने गर्छ ।
चलनचल्तीको भाषा अनुसार ‘ग्यांगस्टर’ देखि रंगरंगीला लाइफस्टाइलमा रमाइरहेका प्रवञ्जन बहादुर सिंह अचानक योगी व्यग्र वेदनाथमा रूपान्तर हु“दासम्मको किस्सा अचम्मकै छ ।
भिडियो हेर्नुहोला
पशुपतिनाथ परिसरको मृगस्थलीमा रहेको यस गोरखनाथ गोरक्षपीठ प्रवेश गर्दा शरीरमा अचम्मको ऊर्जा प्रवेश भएपछि उनले घरबार त्यागेर, आफूले बिताइरहेको सांसारिक जीवनशैलीलाई परित्याग गरेर त्यहीँ बस्ने निर्णय लिए । उनको जोगी जीवनको टर्निङ प्वाइन्ट गोरखनाथ गोरक्षपीठ बन्यो । योगी नरहरिनाथका उत्तराधिकारी मानिने योगी शेषनाथबाट दीक्षा लिएपछि उनी पूर्ण रूपमा साधु महाराज बनेका हुन् ।
मस्ट पावरफुल मानिने पंचायतकालीन आइजिपी (प्रहरी प्रमुख) हेमबहादुर सिंहका जेष्ठ सुपुत्र प्रबञ्जन स्कुले जीवनदेखि नै मनोमानी स्वभावका थिए । विद्यालय बंक गर्नेदेखि विभिन्न किसिमका चकचकी गरेका उनले साथी सर्कल बनाएर आफ्नो नेटवर्कलाई बलियो बनाएका थिए । महंगो रक्सी, युवतीहरूको संगत, ल्याभिस लाइफस्टाइल, के त्यो नै सम्पूर्णता हो त ? आखिरमा होइन रहेछ, उनको हृदयले यस्तो अनुभूति गरेपछि नै साधु बन्नेतर्फ आफूलाई उन्मुख गराएको बाबाको अनुभव छ ।
यी तन्नेरी बाबालाई हामीले सत्संग भएको ठाउँबाट निकालेर कुराकानी गर्ने ठाउँमा पुर्यायौं र पहिलो प्रश्न गर्यौं– कस्तो छ, तपाईंको दैनिकी ? बिहान उठेदेखि राती नसुतुञ्जेलसम्मको समय कसरी बिताउनुहुन्छ ?
अर्को प्रश्न गर्यौं– साधु बन्छु भनेर पहिलो पटक निर्णय सुनाउँदा घर परिवारवाट कस्तो प्रतिक्रिया आयो ?
यसपछि हामीले बाबाका सम्पूर्ण अनुभव सुन्दै गयौं ।
पूर्वयुवराज पारसलाई थाइल्यान्डमा हर्टअट्याक भएर अस्पताल भर्ना गरिएपछि तत्कालै नेपालमा पारसका विषयमा विभिन्न किसिमका हल्ला चलेका थिए । यसअघि नै हर्टअट्याक भएकाले उनी नबाँच्ने अनुमान धेरैले गरेका थिए । पारसको स्वास्थ्यलाभको कामना गर्दै त्यही दिन नेपालका विभिन्न मठमन्दिरमा प्रार्थना गरियो । त्यसैबीचमा निकटस्थ मित्रको हिसाबले प्रबञ्जनसहितको टिम पारसको स्वास्थ्यलाभका निम्ती पूजा गर्न गोरखनाथ गोरक्षपीठ पुगेको थियो । गोरखनाथ मन्दिरमा प्रवेश गरेपछि प्रबञ्जनको शरीरमा अचानक एक किसिमको ऊर्जा भरियो, उनलाई किन किन त्यहीँ बसुँ बसुँ लाग्यो । पूजाको प्रसाद लिएर त्यसको भोलिपल्टै थाइल्यान्ड जानुपर्ने भएकाले उनले फर्किने बित्तिकै त्यहीँ आएर बस्ने निर्णय लिए । पारसको स्वास्थ्यमा सुधार आएपछि उनी पुनः गोरखनाथ गोरक्षपीठ पुगे । जहा“ पुगेर गुरु योगी नरहरिनाथका बारेमा अझै धेरै कुरा बुझेपछि यो थलो सार्थक जीवनका लागि प्रभावकारी हुने महसुस गरे ।
सिद्धार्थ गौतमले बालक छोरो राहुललाई छोडेझैं प्रवञ्जन बहादुर सिंहले पनि सानी छोरीलाई छोडेर कुटी रोजेका थिए । घर छोड्दा छोरीले के भनेकी थिइन् ? हामीले खुलदुली मेटाउने विचार गर्यौं ।
१२ बर्षे छोरीसँग हिजोआज भेट हुन्छ कि हुन्न ? हामीलाई भएको उत्सुकता मेट्न यो प्रश्न पनि गर्यौं ।
बाबालाई हामीले कुराको बिट मार्न निश्कर्षात्मक प्रश्न गर्यौं, आखिर जीवन के रहेछ त ?































प्रतिक्रिया