मानव तस्करीको आरोपमा एजुकेशन कन्सलटेन्सी संचालक पक्राउ

मानव तस्करीको आरोपमा एजुकेशन कन्सलटेन्सी संचालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १६ पुस ।

काठमाडौंको एक एजुकेशन कन्सलटेन्सीका संचालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ । मानव तस्करीको आरोपमा करिअर हब एजुकेशनल कन्सलटेन्सीका संचालक चित्रप्रसाद ढुङगेललाई सिआइबीले शनिबार पक्राउ गरेको हो । ढुङगेललाई सिआइबीद्वारा खटिएको प्रहरी टोलीले काठमाडौं चन्द्रागिरी–१ बाट पक्राउ गरेको हो ।

ढुङगेलले आकर्षक रोजगारी लगाइदिने भन्दैै दक्षिण अफ्रिका पुर्याएर युवाहरुलाई ‘बिक्री गरेको’ सिआइबीका प्रहरी उपरीक्षक (एसपी) जीवन कुमार श्रेष्ठले बताए । रोजगारीका नाममा दक्षिण अफ्रिकाको एक कम्पनीमा पुर्याइए पनि उनीहरुलाई त्यहाँ शारीरिक यातना दिनुका साथै अभद्र व्यवहार समेत गरिएको थियो ।

उनीहरु त्यहाँबाट भागेर नेपाल आएका थिए । सात लाख रुपैयाँ बुझाएर दक्षिण अफ्रिका पुगेका उनीहरु भागेर नेपाल फर्किएका थिए । पैसा फिर्ता माग्दा उल्टै धम्काएपछि कन्सलटेन्सी संचालक ढुङगेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार गरेको भन्दै ती युवाहरुले सिआइबीमा उजुरी दिएका हुन् । सिआइबीले सोही उजुरीको आधारमा ढुङगेललाई पक्राउ गरेको हो ।

Logo