काठमाडौं,१६, पुस
फ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ । "/>

नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या अब १५६

नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या अब १५६

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६, पुस
फ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ । राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्र संघका लागि बुर्किना फासोका स्थायी प्रतिनिधि यमदाओगो एरिक तियारेले न्यूयोर्क स्थित नेपालको स्थायी नियोगमा यस सम्बन्धी एक संयुक्त वक्तव्यमा शुक्रवार हस्ताक्षर गरेका थिए ।
दुवै राजदूतले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई यसबारे जानकारी दिँदै लेखिएको एक संयुक्त पत्रमा पनि हस्ताक्षर गरेको राष्ट्र संघ स्थित नेपाली नियोगले जनाएको छ । सो अवसरमा आगामी दिनमा दुई मुलुक बीच आपसी सहयोग थप सुदृढ गर्दै लैजाने विभिन्न उपायका बारेमा विचार आदानप्रदान भएको थियो । यसअघि नै दुवै मुलुकले राष्ट्रसंघमा र अन्य बहुपक्षीय मञ्चहरुमा निकट रहेर काम गर्दै आएका छन् ।

पहिले अपर भोल्टा भनेर चिनिने यो मुलुकको नाम सन् १९८४ मा बुर्किना फासो राखिएको हो । जसको अर्थ ‘इमान्दार जनताको भूमि’ भन्ने हुन्छ । कूल दुई लाख ७४ हजार २०० वर्गकिमीमा फैलिएको र एक करोड ७० लाख जनसंख्या रहेको यो भूपरिवेष्टित मुलुक हो । यसको राजधानी औगादुगो हो । सन् १९६० अगष्ट ५ मा फ्रान्सबाट स्वतन्त्र भएको यो मुलुकले सोही वर्ष सेप्टेम्बर २० मा राष्ट्रसंघको सदस्यता लिएको थियो । अल्पविकसित दुवै राष्ट्र जी–७७ का साथै असंलग्न आन्दोलनमा सदस्य छन् ।
रासस

Skip This
Skip This
Logo