काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति तामाङलाई पक्राउ गरेको हो ।
कार्यालयका एसएसपी सन्तोष खड्काले लुकिछिपि बसेको अन्वस्थामा उनलाई पक्राउ गरिएको जानकारी दिए ।
चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट शनिबार साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् । ६ वर्षीया बालिकाको अपहरण र हत्या गरेकी थिइन् ।
सपनाले, दोस्रोपटक जेलबाट फरार भएकी हुन् । नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना १७ वर्षकै उमेरदेखि चोरी र डकैती कसुरमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।































प्रतिक्रिया