रोल्पा ,१६, पुस
गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय फिर्ताको माग गर्दै शनिबार बिहान देखि पूर्वी र पश्चिम रोल्पामा यातायात बन्द गरिएको छ । विरोधमा उत्रिएको समूहले सुकिदह गाउँपालिका कार्यालय र वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी ‘सहिद सुनिल स्मृति गाउँपालिका’ नामाकरण गरिएपछि चरणवद्ध आन्दोलनमा उत्रिएको संघर्ष समितिले पूर्वी रोल्पामा बिहानै देखि यातायात बन्द गरेको हो। सुलिचौरको काँडधारा सडकमा टायर बालेर समितिले प्रदर्शन गरिरहेको छ। जिल्ला भित्रने नाकामा अवरोध गरिएपछि यातायातका साधन प्यूठान र रोल्पाको सिमाना भिंगृमा अलपत्र परेका छन्। सदरमुकाम लिबाङ देखि सुलिचौर हुँदै बाहिरिने सवारी साधन समेत अलपत्र परेका छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया