स्कटल्याण्डविरुद्ध कप्तान रोहितको पनि अर्धशतक

स्कटल्याण्डविरुद्ध कप्तान रोहितको पनि अर्धशतक

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्याण्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि पौडेलले ७६ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले २ चौका र एक छक्का प्रहार गरे ।

हाल नेपाल ३० ओभरमा ३ विकेटको क्षतिमा १६७ रन बनाएर खेलिरहेको छ ।

Logo