साउदीका पूर्व राजाले किन छोरीहरुलाई नजरबन्द गरे ?

साउदीका पूर्व राजाले किन छोरीहरुलाई नजरबन्द गरे ?

केन्द्रबिन्दु
0
Shares

राज घरनामा जन्मिएपछि सुखसयल भोग गर्न पाइन्छ । अझ साउदी अरब जस्तो देशको कुरा बेग्लै छ । त्यहाँको राजघरान विश्वमै धनाढ्यमध्येमा कहलिएका छन् । तर साउदीका पूर्व राजा अब्दुल्लाह बिन अब्दुलाजीजका चार छोरीहरुले भने यस्तो अनुभव गर्न पाएनन् । कम्तिमा दुई महिनासम्म उनीहरु एउटै कोठाभित्र थुनिएर रहे ।

पछिल्लो दुई महिना पूर्व राजाले आफ्ना चार छोरीलाई होटलको कोठाभित्र नजरबन्दमा राखेको खुलासा भएको छ । राजाकी पूर्व पत्नी अलानौद अल फाएजले यो खुलासा गरेकी हुन् ।


– अलानौद अल फाएजका काकाले १५ बर्षको उमेरमा उनको बिवाह साउदीका राजा अब्दुल्लाहसँग गराइदिएका थिए ।

– विवाहपछि उनको चार छोरी भइन् । छोरा भने जन्मिएन ।

– चारै छोरीको बाल्यकाल एकदमै ऐश आरमसँग वित्यो । उनीहरुले विश्वको भ्रमण गरे ।

– यसैबीच राजाले उनीसँग सम्बन्ध विच्छेद गरे । त्यसपछि भने हालत खराब हुँदै गयो ।

– अलानौद लन्डन गइन् । त्यसबेला उनले छोरीहरुलाई भेट्न पाइनन् । कारण के थियो भने, पूर्व राजाले छोरीहरुलाई नजरबन्दमा राखेका थिए ।

– पछि छोरीले इमेलमार्फत जानकारी दिइन् कि आफुहरु दुखदायी अवस्थामा नजरबन्दमा छौ भन्ने कुरा । कहिले काहि आफुहरु पानी र विजुली विना पनि विताउनुपरेको उनको भनाई थियो ।

– खानाको अभावमा भोकभोकै बस्नुपरेको पनि उनीहरुले बताइन् ।

– छोरीको इमेलमा के पनि लेखिएको थियो भने, आफुहरु भाग्न नसक्ने स्थितीमा छौं ।

– छोरीहरुलाई वन्धक बनाएरमा राख्नुको कारण चाहि उनीहरुले वुवा सामुन्ने पहिलेदेखि नै विद्रोह गरिरेका थिए । खासगरी महिला अधिकारको लागि उनीहरुले आवाज उठाएका थिए । सोहि कुरा राजालाई मन परेन । उनले छोरीहरुलाई बन्दक बनाए । एजेन्सी

 

Skip This
Skip This
Logo