निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छोड्छौ- नेता सिंह

निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छोड्छौ- नेता सिंह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १५ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन् । 

भिएस निकेतन युथ समितिले आज काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले सरकारले पाएको जिम्मेवारी पूरा गरेपछि मात्र सत्ता हस्तान्तरण हुने बताउँदै भने- ”वाम गठबन्धनका नेताहरु काँग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाउनुभएको छ, त्यो हल्लाको पछाडि नलाग्नुहोस्, हामी निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ ।” 

नेता सिंहले राष्ट्रपतिबाट शुक्रबार जारी भएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशले राष्ट्रियसभामा सबै समुदायको प्रतिनिधित्व हुने उल्लेख गरे । पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शिरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे  । रासस

Skip This
Skip This
Logo