काठमाडौं,१५, पुस
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई चीनको एक सरकारी अस्पतालले करिब ८० लाख रुपियाँ बराबरको अत्याधुनिक प्रविधिको टेलिमेडिसिन उपकरण उपहार दिने भएको छ । "/>

चीनले शहीद गंगालाल अस्पताललाई अत्याधुनिक उपकरण दिने

चीनले शहीद गंगालाल अस्पताललाई अत्याधुनिक उपकरण दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१५, पुस
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई चीनको एक सरकारी अस्पतालले करिब ८० लाख रुपियाँ बराबरको अत्याधुनिक प्रविधिको टेलिमेडिसिन उपकरण उपहार दिने भएको छ ।
चीनको सांघाई स्थित सांघाई नम्बर १० पिपुल्स अस्पतालका कार्डियोलोजि डिपार्टमेन्ट प्रमुख प्रा. डा. सु यावै को नेतृत्वमा नेपाल भ्रमणमा रहेको विशेषज्ञ चिकित्सक टोलीसँगको द्विपक्षीय छलफलमा चिनियाँ पक्षले उक्त जानकारी दिएको हो । सके सम्म छिटो नेपालमा उक्त उपकरण ल्याउन प्रयास गर्ने र नेपालबाट फर्किने बित्तिकै आवश्यक प्रक्रिया थालिने डा. सुले बताए ।
गंगालाल अस्पतालमा शुक्रबार भएको छलफलमा दुबै अस्पताल बीच भगिनी सम्बन्ध स्थापित गर्ने सहमति पनि भएको छ । भगिनी सम्बन्ध स्थापनासँगै दुबै पक्ष बीच विशषेज्ञ चिकित्सक र नर्सहरुको आदानप्रदान एवम् सहयोग विस्तार हुने नेता डा. सु ले बताए । चीनका पूर्व राष्ट्रपति च्याङ च मिनका निजी चिकित्सकको रुपमा काम गरिसकेको डा. सुले बैठकपछि प्रतिक्रिया दिँदै वार्षिक ६ देखि ८ जना नेपाली चिकित्सक र नर्सलाई सांघाई अस्पताल कै खर्चमा चीनमा तालिमको व्यवस्था गर्ने जानकारी दिए । 
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo