काठमाडौं,१५, पुस
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले सूक्ष्म रूपले अध्ययन गरिरहेको छ । भारतीय संस्थापन पक्षले खुला रूपमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे मुख नखोले पनि भारतीय सञ्चारमाध्यम र नेपाल मामिलाका जानकार भने आगामी दिनमा हुने नेपाल–भारत सम्बन्धलाई लिएर आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । "/>

नेपालको राजनीतिक घटनाक्रममा भारतद्वारा सूक्ष्म अध्ययन

नेपालको राजनीतिक घटनाक्रममा भारतद्वारा सूक्ष्म अध्ययन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१५, पुस
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले सूक्ष्म रूपले अध्ययन गरिरहेको छ । भारतीय संस्थापन पक्षले खुला रूपमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे मुख नखोले पनि भारतीय सञ्चारमाध्यम र नेपाल मामिलाका जानकार भने आगामी दिनमा हुने नेपाल–भारत सम्बन्धलाई लिएर आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपालका लागि पूर्वभारतीय राजदूत राकेश सुदले आगामी दिन नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउँदै अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने लाइनमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतलाई समेत विश्वासमा लिएर अघि बढ्नु पर्ने बताएका छन् । निर्वाचनमा निर्णायक विजयी हासिल गरे पनि ओलीको उत्तरी नाका रसुवागढी भ्रमणलाई दिल्लीले नजिकबाट नियालेको बताइएको छ ।

गत ४ पुसमा ओलीले रसुवागढी भ्रमण गरेर अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नति र त्यहाँबाट लगभग ५ सय ५० किलोमिटर टाढा रहेको सिगात्सेबाट रेलमार्गका लागि प्रवेशद्वारका रूपमा विकसित गर्ने घोषणा गरे लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका थिए ।
राजधानीबाट

Skip This
Skip This
Logo