प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

केन्द्रबिन्दु
426
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोज कुमार शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । आज बसेको बैठकले शर्मामाथि परेका उजुरीमा सुनुवाइ गर्दै उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको थियो । उनी संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएसँगै अब राष्ट्रपतिबाट शपथ लिएर सर्वोच्चको कुर्सी सम्हाल्न जानेछन् । प्रधानन्यायाधीशको रुपमा शर्माले ६ वर्ष काम गर्नेछन् ।

Skip This
Skip This
Logo