काठमाडौं,१५, पुस
एकजना नेतालाई समानुपातिकबाट सांसद नबनाएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालको काठमाडौँ स्थित कार्यालयमा तोडफोड गरिएको छ । "/>

समानुपातिकमा नपरेपछि राजपा नेपालको पार्टी कार्यालय तोडफोड

समानुपातिकमा नपरेपछि राजपा नेपालको पार्टी कार्यालय तोडफोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१५, पुस
एकजना नेतालाई समानुपातिकबाट सांसद नबनाएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालको काठमाडौँ स्थित कार्यालयमा तोडफोड गरिएको छ । राजपा नेपालले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको सूचीमा नेपाल मधेशी कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोद सिंहको नाम नपरेको भन्दै उनका समर्थकले राजपाको कार्यालय तोडफोड गरेका हुन् ।

आफूले दिएको लामो योगदानको बेवस्ता गर्दै पार्टीले समानुपातिक सांसद नबनाएर अन्याय गरेको गुनासो सिंहले गरेका छन् । जागिर अझै १० वर्ष बाँकी रहेकै अवस्थामा राजपाले संसदको टिकट दिने भनेपछि राजीनामा दिएको बताउँदै उनले समानुपातिकको उम्मेद्वार बनाएर अहिले नाम काटिएको भन्दै दुःख जनाएका छन् ।

राजपाले सिंहको नाम अल्पसंख्यक तर्फ एक नम्बरमा राखेको थियो । तर उनले आफूलाई हटाएर अर्कैलाई समानुपातिक सांसद बनाएको गुनासो गरे । तर सिंहले पार्टी कार्यालय तोडफोडमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo