चीनमा बाढी र पहिरोको कहर, ८ जनाको मृत्यु

चीनमा बाढी र पहिरोको कहर, ८ जनाको मृत्यु

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । चीनमा लगातार परेको अविरल वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । दक्षिणी तथा मध्य क्षेत्रका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हुनान प्रान्तमा आइतबारदेखि मङ्गलबारसम्म परेको भारी वर्षाले ४ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । हजारौं मानिस प्रभावित भएका छन् ।

त्यस्तै, गुइझोउ प्रान्तमा बाढी र पहिरोका कारण थप ४ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् । उद्धार टोलीले खोज तथा राहत कार्य जारी राखेको छ ।

स्थानीय प्रशासनले हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । बाढीले घर, सडक तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ ।चीन सरकारले राहत तथा उद्धार कार्यका लागि १२ करोड युआन सहायता उपलब्ध गराएको जनाएको छ ।

Skip This
Skip This
Logo