काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आणविक वार्ता असफल भए सैन्य कारबाही पुनः सुरु गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भान्सले ट्रम्प प्रशासन इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट नीतिमा रहेको बताए ।
आफूहरू इरानसँगको द्वन्द्वको कूटनीतिक समाधान खोज्ने प्रयासमा रहेको बताएका छन् । भान्सले भने -सहमति हुन दुवै पक्ष तयार हुनुपर्ने बताए । इरानलाई आणविक हतियार राख्न अनुमति दिने कुनै पनि सम्झौतामा अमेरिका सहमत हुँदैन ।
भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै अमेरिका लक्ड एन्ड लोडेड अर्थात् पूर्ण तयारी अवस्थामा रहेको बताएका थिए । भान्सले अमेरिकाले त्यो बाटो रोज्न नचाहे पनि आवश्यक परे सैन्य कदम चाल्न इच्छुक र सक्षम रहेको चेतावनी दिए ।
भान्सले इरानसँगको सम्भावित द्वन्द्वलाई अन्तहीन युद्ध मा परिणत गरिने आशंका पनि अस्वीकार गरे । उनले यो कहिल्यै नसकिने युद्ध नहुने र अमेरिका आवश्यक काम पूरा गरेर फर्किने बताए


















