काठमाडौँ, १४, पुस
बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनु पर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नु पर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्ष सहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको हो । "/>

एमाले एकल संक्रमणीयमा जान तयार !

एमाले एकल संक्रमणीयमा जान तयार !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १४, पुस
बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनु पर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नु पर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्ष सहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको हो ।

अध्यक्ष केपी ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकमा एमाले नेताहरूले कांग्रेसको व्यवहार र अध्यादेशमा सहमति नभएका कारण नयाँ सरकार गठनमा देखिएको जटिलतामा केन्द्रित रहेर पछिल्ला घटनाक्रमको समीक्षा गरेका थिए । कांग्रेस सहमतिमा नआएका कारण अध्यादेश छिटो पारित गर्ने दिशामा अग्रसर हुने निष्कर्ष बैठकले निकालेको थियो ।

‘सबै पक्षलाई विचार गरेर पार्टी अध्यक्षले राष्ट्रपतिसँग अध्यादेशबारे कुराकानी गर्नु हुनेछ,’ नेता सुरेन्द्र पाण्डेले भने, ‘माओवादी केन्द्र सहित अन्य पक्षसँग पनि छलफल गरेपछि अध्यादेशबारे अन्तिम टुंगो लाग्नेछ ।’
नयाँपत्रिकाबाट

 

Skip This
Skip This
Logo