आज एमाले सचिवालय बैठक : प्रदेश, जिल्ला ईन्चार्ज र विभाग प्रमुख तोकिँदै

आज एमाले सचिवालय बैठक : प्रदेश, जिल्ला ईन्चार्ज र विभाग प्रमुख तोकिँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बस्दैछ । कार्यालयका सचिव डा. भीष्म अधिकारीलेका अनुसार आजको बैठकमा बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा छ ।

गत मङ्सिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन बाँकी छ । आज प्रदेश इन्चार्जको जिम्मेवारी बाँडफाँड हुनेछ ।र

एमाले स्रोतका अनुसार कोशीमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा महेस बस्नेत, उपत्याकामा राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल काँडेल र सुदूरपश्चिममा दामोदर भण्डारीलाई प्रदेश ईन्चर्ज प्रस्ताव गरिएको छ । यदपी कोशीमा हिक्मत कार्की, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा कर्ण थापा र गणेश ठगुन्नाको पनि दाबी रहेको छ ।

तीन दिनअघि बसेको बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ । त्यसलाई आज अन्तिम रूप दिने बताइएको छ । त्यसदिन सचिवालयले पूर्व राष्ट्रकति विद्यादेवी भण्डारीको होल्डमा राखिएको सदस्यता नवीकरण खुलाउने निर्णय गरेको थियो ।

आज प्रदेश ईन्चार्जसँगै जिल्ला र जनबर्गीय संगठन ईन्चार्ज पनि टुग्याउने कार्यसूची रहेको छ । त्यस्तै पार्टीको केन्द्रीय विभाग र फाँट प्रमुखको जिम्मेवारी समेत तोकिने बताइएको छ ।

Logo