ललितपुर, पुस, १४
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार ( आज) कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । "/>

काँग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काँग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

ललितपुर, पुस, १४
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार ( आज) कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारहरूको नामावलीको टुङ्गो लगाउनका लागि बैठक डाकिएको नेपाली काँग्रेस केन्द्रीय सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले प्रदेश सभाका लागि ७२ जनाको समानुपातिकको नामावली टुङ्गो लगाउनु पर्नेछ । निर्वाचन आयोगले शुक्रबार कार्यालय समय भित्रै नामावली आयोगमा बुझाउन दलहरूलाई पत्राचार गरेको छ ।  त्यस बाहेक बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरिने कार्यसूची रहेको छ । निर्वाचनको परिणामका विषयलाई लिएर पार्टीको बैठक बोलाउन नेपाली काँग्रेसका केही केन्द्रीय सदस्यले माग गर्दै आएका छन् ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo