पादावा शेर्पाको नयाँ किर्तिमान, ३१औं पटक सगरमाथा आरोहण

पादावा शेर्पाको नयाँ किर्तिमान, ३१औं पटक सगरमाथा आरोहण

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सगरमाथा आरोहण इतिहासमा पर्वतारोहण गाइड पादावा (पासाङदावा) शेर्पाले अर्को ईतिहास कोरेका छन् । उनले एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै आफ्नो कीर्तिमान बनाएका छन् ।

यो सँगै विश्वको सर्वोच्च शिखर सगरमाथा ३१औं पटक सफलतापूर्वक आरोहण गरेका छन्। उनी सबैभन्दा धेरै सगरमाथा आरोहण गर्नेमा दोस्रो नम्बारमा छन् । हाल सर्वाधिक आरोहणको विश्व कीर्तिमान सोलुखुम्बुका कामीरिता शेर्पाको नाममा छ । उनले ३२ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

ट्याग नेपाल एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक सागरकुमार पौडेलका अनुसार शेर्पा शुक्रबार बिहान ४:२० बजे शिखरमा पुगेका थिए। यसअघि उनले जेठ ४ गते ३०औं पटक सगरमाथा आरोहण पूरा गरी आधार शिविर झरेका थिए। तर पुनः आरोहणमा फर्किँदै उनले अर्को ऐतिहासिक सफलता हात पारेका हुन्।

Logo