काठमाडौं । रुसको कब्जामा रहेको लुगान्स्कको एक क्याम्पसको छात्रावासमा युक्रेनी ड्रोनद्वारा आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको रूसी अधिकारीहरूले बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार दिउँसोसम्म ६ जनाको मृत्यु भएको र र अन्य १५ जना हराइरहेको बताए । पुटिनले आफ्नो रक्षा मन्त्रालयलाई विस्तृत विवरण नदिई प्रतिक्रियाका लागि आदेश दिनुभएको बताइएको छ।
लुगान्स्क क्षेत्र पूर्वी युक्रेनमा छ तर लगभग पूर्ण रूपमा रूसले कब्जा गरेको छ । रूसले लुगान्स्कलाई आफ्नो भएको दाबी गर्छ। यस क्षेत्रका लागि रूसले नियुक्त गरेको गभर्नरले जारी गरेका तस्वीरहरूमा स्टारोबिल्स्क शहरको एक कलेजको झ्याल फुटेको देखाइएको छ र ती मध्ये एकमा आगोको ज्वाला देखिएको छ।
मस्कोका गभर्नर लियोनिद पासेच्निकले रुसको म्याक्स मेसेन्जरमा जारी पोस्टमा भनेका छन्, “शत्रुको ड्रोनद्वारा ‘स्टारोबेल्स्क प्रोफेसनल कलेज’को शैक्षिक भवन र छात्रावासमा आक्रमण भएको छ ।”आक्रमणको समयमा छात्राबासमा १४ देखि १८ वर्ष उमेर समूहका ८६ जना बालबालिका थिए ।
स्टारोबिल्स्क पूर्वी युक्रेनको सीमाबाट करिब ६५ किलोमिटर टाढा रूसी क्षेत्रमा रहेको छ । रूसले युक्रेनविरूद्ध पूर्ण मात्रामा आक्रमण सुरु गरेको केही समयपछि रूसी सेनाले सन् २०२२ मा स्टारोबिल्स्क शहर कब्जा गरेको थियो ।
रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जिम्मेवार व्यक्तिहरूले ‘कडा सजायको सामना गर्नुपर्ने र ‘त्यहाँ कुनै उदारता नहुने’ बताएको छ । रुसी अनुसन्धान समितिले युक्रेनी सेनाले भवनमा धेरै ड्रोन प्रहार गरेको आरोप लगाएको छ।































प्रतिक्रिया