फिफा विश्वकपमा : क्रोएसियाको अन्तिम टोली घोषणा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । विश्वकप फुटबलमा असाधारण प्रदर्शन गरिरहेको क्रोएसियाले १९९८ देखि विश्वकप खेल्न थालेको हो । यो अवधीमा भएका सात विश्वकपमध्ये तीनपटक सेमिफाइनल पुगेको छ ।

यसपटक विश्व फुटबलमा आफ्नो अलग्गै पहिचान बनाएको क्रोएसियाले युरोपियन छनोटको समूह ‘जे’को विजेताका रूपमा यसपालिको विश्वकपमा स्थान बनाएको हो । छनोटमा क्रोएसियाले आठ खेल खेल्दा सात जित र एक बराबरीको नतिजा निकालेको थियो ।

क्रोएसियाले सातौँपटक विश्वकपमा सहभागिता जनाउँदै छ । टोलीले हालसम्म ३० खेल खेल्दा १३ जित, आठ बराबरी र नौ हारको नतिजा निकालेको छ ।
क्रोएसियाले हालसम्म एकपटक उपविजेता र दुईपटक तेस्रो स्थान हासिल गरेको छ । टोली तीनपटक समूह चरणमै सीमित बनेको छ ।

क्रोएसियाले पहिलोपटक सन् १९९८ को विश्वकपमा सहभागिता जनाएको थियो । ‘डेब्यु’ संस्करणमा तेस्रो स्थान हासिल गरेर टोलीले सबैलाई चकित बनाएको थियो ।

तर, टोली सन् २००२, २००६ र २०१४ मा समूह चरणमै सीमित बनेको थियो । सन् २०१८ को फाइनलमा भने फ्रान्ससँग पराजित भएको थियो । उपविजेता बन्नु नै क्रोएसियाको हालसम्मको उच्च प्रदर्शन हो । सन् २०२२ को पछिल्लो संस्करणमा पनि क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो ।

डाभोर सुकर, ज्वोनिमिर बोबानजस्ता खेलाडीको लिगेसीलाई लुका मोड्रिच, इभान राकिटेक, मारियो मान्ड्जुकिक, इभान पेरिसिच, मार्सेलो ब्रोजभिचजस्ता खेलाडीले धानेका थिए ।

समूह ‘एल’मा क्रोएसियासँगै, इंग्ल्यान्ड, घाना र पानामा छन् । क्रोएसियाले जुन १७ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । टोलीले जुन २३ मा पानामा र जुन २७ मा घानसँग प्रतिस्पर्धा गर्नेछ ।

क्रोएसियाको टोली

गोलकिपर : डोमिनिक लिभाकोविच, इभिका इभुसिक, इभो ग्रिबिक

डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोर्ना बरिसिक, जोसिप जुरानोभिक, जोस्को ग्वार्डियोल, बोर्ना सोसा, जोसिप स्टानिसिक, मार्टिन एर्लिक,
जोसिप सुटालो

मिडफिल्डर : लुका मोड्रिच, माटेओ कोभाचिक, मार्सेलो ब्रोजोभिक, मारियो पासालिक, निकोला भ्लासिक, लोभ्रो मेजर, क्रिस्टिजन जाकिक,
लुका सुचिक

फरवार्ड : इभान पेरिसिक, आन्द्रेज क्रामारिक, ब्रुनो पेटकोभिच, मिस्लाभ ओर्सिक, एन्टे बुडिमिर, मार्को लिभाजा, झ्लात्को डालिच।

काठमाडौं । विश्वकप फुटबलमा असाधारण प्रदर्शन गरिरहेको क्रोएसियाले १९९८ देखि विश्वकप खेल्न थालेको हो । यो अवधीमा भएका सात विश्वकपमध्ये तीनपटक सेमिफाइनल पुगेको छ ।

यसपटक विश्व फुटबलमा आफ्नो अलग्गै पहिचान बनाएको क्रोएसियाले युरोपियन छनोटको समूह ‘जे’को विजेताका रूपमा यसपालिको विश्वकपमा स्थान बनाएको हो । छनोटमा क्रोएसियाले आठ खेल खेल्दा सात जित र एक बराबरीको नतिजा निकालेको थियो ।

क्रोएसियाले सातौँपटक विश्वकपमा सहभागिता जनाउँदै छ । टोलीले हालसम्म ३० खेल खेल्दा १३ जित, आठ बराबरी र नौ हारको नतिजा निकालेको छ ।
क्रोएसियाले हालसम्म एकपटक उपविजेता र दुईपटक तेस्रो स्थान हासिल गरेको छ । टोली तीनपटक समूह चरणमै सीमित बनेको छ ।

क्रोएसियाले पहिलोपटक सन् १९९८ को विश्वकपमा सहभागिता जनाएको थियो । ‘डेब्यु’ संस्करणमा तेस्रो स्थान हासिल गरेर टोलीले सबैलाई चकित बनाएको थियो ।

तर, टोली सन् २००२, २००६ र २०१४ मा समूह चरणमै सीमित बनेको थियो । सन् २०१८ को फाइनलमा भने फ्रान्ससँग पराजित भएको थियो । उपविजेता बन्नु नै क्रोएसियाको हालसम्मको उच्च प्रदर्शन हो । सन् २०२२ को पछिल्लो संस्करणमा पनि क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो ।

डाभोर सुकर, ज्वोनिमिर बोबानजस्ता खेलाडीको लिगेसीलाई लुका मोड्रिच, इभान राकिटेक, मारियो मान्ड्जुकिक, इभान पेरिसिच, मार्सेलो ब्रोजभिचजस्ता खेलाडीले धानेका थिए ।

समूह ‘एल’मा क्रोएसियासँगै, इंग्ल्यान्ड, घाना र पानामा छन् । क्रोएसियाले जुन १७ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । टोलीले जुन २३ मा पानामा र जुन २७ मा घानसँग प्रतिस्पर्धा गर्नेछ ।

क्रोएसियाको टोली

गोलकिपर : डोमिनिक लिभाकोविच, इभिका इभुसिक, इभो ग्रिबिक

डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोर्ना बरिसिक, जोसिप जुरानोभिक, जोस्को ग्वार्डियोल, बोर्ना सोसा, जोसिप स्टानिसिक, मार्टिन एर्लिक, जोसिप सुटालो

मिडफिल्डर : लुका मोड्रिच, माटेओ कोभाचिक, मार्सेलो ब्रोजोभिक, मारियो पासालिक, निकोला भ्लासिक, लोभ्रो मेजर, क्रिस्टिजन जाकिक, लुका सुचिक

Skip This
Skip This
Logo