काठमाडौं, १३, पुस
नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सय जनालाई अनुसन्धानको घेरामा तानेको छ । "/>

निगम जग्गा खरिद अनियमिततामा दुई सय जना अनुसन्धानको घेरामा

निगम जग्गा खरिद अनियमिततामा दुई सय जना अनुसन्धानको घेरामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३, पुस
नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सय जनालाई अनुसन्धानको घेरामा तानेको छ । अख्तियारले चार महिना लगाएर दुई सय जनालाई अनुसन्धानको दायरामा ल्याएको हो । इन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको सार्वजनिक भएपछि उसले छानबिन प्रक्रिया अघि बढाएको थियो ।
चितवन, भैरहवा, झापा र सर्लाहीमा जग्गा खरिद प्रक्रियामा संलग्न स्थानीय तहका कर्मचारी, जग्गाधनी, बिचौलिया, जग्गा सँधियारसँग सोधपुछ र बयान लिइएको जानकारी अख्तियारका प्रवक्ता पद्मप्रसाद पाण्डेयले दिए । ‘अनुसन्धान क्रममा दुई सय जना सँग बयान लिइसकेका छौं,’ पाण्डेयले भने, ‘छानबिनक्रममा एकपछि अर्को जोडिँदै गएपछि धेरैजना अनुसन्धानको दायरामा आएका हुन् ।’
गत साउन दोस्रो साता जग्गा खरिदका सक्कली कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियार टोली यसबीचमा दुईपटक स्थलगत अनुगमनमा सम्बन्धित क्षेत्रमा पुगेको छ । जग्गास्थल पुगेर तथ्य, प्रमाण संकलन गरेको आयोगले जनाएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo