काठमाडौं, १३, पुस
मुलुक संघीय प्रणालीमा गएसँगै ७ प्रदेश मध्ये कुन समृद्ध र गरिब छन् भनेर लेखाजोखा सुरु भएको छ । समृद्धि र गरिबीका आधार मध्ये मुलुकभित्रमा खानीको आधार विश्लेषण गर्दा केन्द्रीय राजधानी समेत रहेको प्रदेश ३ समृद्ध देखिएको छ । "/>

खनिजका हिसाबले प्रदेश नं. ३ समृद्ध

खनिजका हिसाबले प्रदेश नं. ३ समृद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३, पुस
मुलुक संघीय प्रणालीमा गएसँगै ७ प्रदेश मध्ये कुन समृद्ध र गरिब छन् भनेर लेखाजोखा सुरु भएको छ । समृद्धि र गरिबीका आधार मध्ये मुलुकभित्रमा खानीको आधार विश्लेषण गर्दा केन्द्रीय राजधानी समेत रहेको प्रदेश ३ समृद्ध देखिएको छ । खानी विभागले दिएको तथ्यांक र उद्योग मन्त्रालयले सार्वजनिक गरेको विभिन्न वर्षको वार्षिक प्रतिवेदन अनुसार सात वटा प्रदेश मध्ये उत्खनन भइरहेको खनिज पदार्थ र खनिज पदार्थ रहेको वा नरहेको विषयमा गरिएका विभिन्न अध्ययनलाई आधार मान्दा प्रदेश २ सबैभन्दा गरिब देखिएको छ ।

खानी तथा भूगर्भ विभागले दिएको जानकारी अनुसार अहिलेसम्म मुलुक भित्र १ सय २८ ठाउँमा खनिज पदार्थ उत्खनन भएको छ । यसरी उत्खनन भएका खानीहरू मध्ये चुनढुंगाको संख्या धेरै छ । उत्खनन गरिएका खानीहरू स्थानका हिसाबले सबैभन्दा धेरै प्रदेश ३ मा छन् । प्रदेश २ का कुनै पनि स्थानमा खनिज पदार्थ उत्खनन भएको छैन । उत्खनन भएका खनिज मध्ये प्रदेश १ मा आठ स्थानमा खनिज उत्खनन भएको छ । जसमा पाँच ठाउँमा चुनढुंगा, दुई ठाउँमा रातोमाटो र एक ठाउँमा स्फटिकको उत्खनन भएको छ ।

त्यस्तै सबैभन्दा बढी प्रदेश ३ मा ४५ स्थानमा खनिज उत्खनन भइरहेको छ । धादिङमा एक ठाउँमा डोलोमाइट, दुई ठाउँमा फलाम, एक ठाउँमा सिसा, २२ ठाउँमा चुुनढुंगा, एक ठाउँमा म्याग्नेसाइट, तीन ठाउँमा मार्बल, नौ ठाउँमा क्वार्टजित नामक धातु उत्खनन भइरहेको छ । चुनढुंगा जस्तै टल्कने धातुको पनि प्रदेश ३ मा पाँच ठाउँमा उत्खनन भइरहेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo