काठमाडौँ, १३, पुस
नेकपा माओवादी केन्द्रका विवादास्पद नेता गोपाल किराँतीले वाम एकता प्रति असहमति जनाउँदै तत्काल पार्टीको राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । "/>

गोपाल किराँतीले प्रचण्डलाई भनेः एमालेमा जाँदै जान्न, बरु नयाँ पार्टी खोल्छु

गोपाल किराँतीले प्रचण्डलाई भनेः एमालेमा जाँदै जान्न, बरु नयाँ पार्टी खोल्छु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १३, पुस
नेकपा माओवादी केन्द्रका विवादास्पद नेता गोपाल किराँतीले वाम एकता प्रति असहमति जनाउँदै तत्काल पार्टीको राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । माओवादी केन्द्रका सचिवालय सदस्य किराँतीले छुट्टै ‘आठौं महाधिवेशन समुह’ गठन गरेर एमाले जस्तो दक्षिणपन्थी पार्टीसँग माओवादी विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिएका छन् ।

आठौं महाधिवेशन समुह मार्फत नेता किराँतीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ समक्ष राष्ट्रिय महाधिवेशनको माग गर्दै १० बुद्धे मागपत्र प्रस्तुत गरेका छन् । मागपत्रमा माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एमालेसँग विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिइएको छ । किराँतीको मागपत्रमा भनिएको छ, ‘माओवाद र पहिचानको मुद्दा धरापमा पारेर पार्टीलाई दक्षिणपन्थमा विलय गर्दछ भने त्यससँग सम्बध विच्छेद गरी आफ्नो सर्वहारा वर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ ।’                  अन्नपूर्णबाट

Skip This
Skip This
Logo