चीनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुने ८२ जना पुगे, नौ जना अझै बेपत्ता

चीनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुने ८२ जना पुगे, नौ जना अझै बेपत्ता

केन्द्रबिन्दु
12
Shares

ताइयुवान । ताइयुवानको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार उत्तरी चीनको साङ्सी प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना अझै बेपत्ता छन् ।

स्रोतका अनुसार ताइयुआन काउन्टीको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट भएर दुर्घटना भएको थियो । प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारीसहित ७५५ जनालाई घटनास्थलमा उद्धारका लागि तैनाथ गरेको र उद्धार कार्य जारी रहेको जनाएको छ ।

कुल १२३ जनालाई उपचारका लागि अस्पताल पठाइएको मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ३३ जना घर फर्केको जनाइएको छ । खानी दुर्घटनामा सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई कानुन अनुसार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ब्यूरोले जनाएको छ । -सिन्ह्वा

Logo