काठमाडौँ, १३, पुस
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपाल बीच तत्काल पार्टी एकता हुने बताएका छन् । "/>

राजपा–फोरम बीच तत्कालै पार्टी एकता हुँदै

राजपा–फोरम बीच तत्कालै पार्टी एकता हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १३, पुस
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपाल बीच तत्काल पार्टी एकता हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गरिने बताए । ‘अहिलेको जनमत दुई पार्टी एकताको लागि नै हो, एकता हाम्रो प्राथमिकतामा छ’, उनले भने ।

महतोले ६ पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँग पनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । प्रदेश २ मा राजपा र फोरम गठबन्धनको सरकार बनाउने कुरामा कुनै विवाद नरहेको उनको भनार्इ छ । निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरेको उल्लेख गर्दै नेता महतोले भने, ‘निर्वाचनमा हाम्रो विजयसँगै आन्दोलनको जित भएको छ, सहिदको पक्षमा मतदान भएको छ, यो मधेस आन्दोलनको जित हो ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo