स्पेनी ला लिगामा जितसँगै रियलले टुंग्यायो यो सिजन

स्पेनी ला लिगामा जितसँगै रियलले टुंग्यायो यो सिजन

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । स्पेनीस महारथी रियल म्याड्रिडले यो सिजनको स्पेनी ला लिगा जितसँगै टुंग्याएको छ । लिगको अन्तिम दिन शनिबार राती भएको खेलमा उसले एथलेटिको बिलबाओलाई ४–२ ले हराएको हो । लिग च्याम्पियन भइसकेको बार्सिलोना भने भ्यालेन्सियाको हातबाट ३–१ ले पराजित रह्यो ।

रियल मार्लोका र जिरोना भने रेलिगेसनमा परेका छन् । मार्लोकाले यसअघि नै रेलिगेसनमा परिसकेको रियल ओभिएडोलाई ३–० ले हराए पनि त्यो स्पेनी माथिल्लो डिभिजनमा कायम रहन पर्याप्त रहेन् । जिरोना भने एल्चेको हातबाट १–१ को बराबरीमा रोकियो ।

यस्तै सेल्टा भिगोले सेभियालाई १–० ले हराएर छैटौं स्थानमा रह्यो र अर्को सिजनको युरोपा लिगका लागि छनोट भयो । गेटाफेले भने ओसासुनामाथि १–० को जित निकालेर अर्को सिजन कन्फ्रेन्स लिग खेल्ने निश्चित गरेको थियो ।

Skip This
Skip This
Logo