बायर्न म्युनिखलाई जर्मन कपको उपाधी

बायर्न म्युनिखलाई जर्मन कपको उपाधी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बायर्न म्युनिखले जर्मन कपको उपाधी जितेको छ । स्टुटगार्टविरुद्ध ३–० को सहज जित निकाल्दै बायर्न म्युनिखले उपाधि उचालेको हो ।

यससँगै बायर्न ६ वर्षपछि एकै सिजन दुई घरेलु उपाधि जित्न सफल भएको छ । यसअघि टोली टोली जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको थियो ।

शनिबार सम्पन्न फाइनलमा बायर्नलाई जित दिलाउन ह्यारी केनले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४औँ मिनेटमा केनले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ७९औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए । केनले इन्जुरी समयमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे ।

बायर्न २१औँ पटक जर्मन कपको च्याम्पियन बनेको हो । टोलीले पछिल्लो पटक सन् २०२० मा यो उपाधि जितेको थियो ।

Skip This
Skip This
Logo