लुम्बिनी प्रदेशमा मन्त्री फेरबदल गर्ने तयारीमा कांग्रेस-एमाले गठबन्धन

लुम्बिनी प्रदेशमा मन्त्री फेरबदल गर्ने तयारीमा कांग्रेस-एमाले गठबन्धन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरु फेरबदल गर्न तयारीमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस रहेका छन् । बजेटअघि मुख्यमन्त्री चेतनारायण आचार्यलाई यथावत राखेर सबै मन्त्री फेरबदल गर्ने विषयमा सहमति गर्दै दुवै दलका प्रदेश नेताहरु तथा सबै सांसदहरु देउखुरीमा जुटेका छन् ।

आज नै प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी गरी छ । त्यस लगत्तै मन्त्रिमण्डल पुनःगठन गर्ने समझदारी दुई दलले गरेका हुन् । मन्त्री फेर्ने सहमतिमा पुगेपछि नीति तथा कार्यक्रम अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा आइतबार दिनभर अन्यौलमा पुगेका थिए । दुवै दलले मुख्यमन्त्री पाउने दलले ३ मन्त्री र अर्कोले ४ मन्त्री पाउनेगरी समझदारी गरेका हुन् । अहिलेको समझदारीअनुसार कांग्रेसबाट ४ मन्त्री बन्नेछन् भने एमालेबाट ३ मन्त्री बन्नेछन् ।

अहिले मुख्यमन्त्रीसहित १२ मन्त्रालय भएको प्रदेशमा अब ८ मात्रै मन्त्रालय रहने केही दिनअघि सरकारले निर्णय गरिसकेको छ । अहिले मन्त्री रहेका जसपा र लोसपाबाट भने अब मन्त्रीमा अटाउने छैनन् । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेको गठबन्धन नफेरिने भएकाले मन्त्री फेरिने विषयले नीति तथा कार्यक्रम र बजेट प्रभावित नहुने बताए ।

कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाले मुख्यमन्त्री लिने दलले ३ र अर्को दलले ४ मन्त्री लिने समझदारी भएको र बजेटपछि मात्रै मुख्यमन्त्री फेरिनसक्ने बताए । उनका अनुसार अब अहिले मन्त्री रहेका लोसपा र जसपाबाट मन्त्री रहनेछैनन् । दुवै दलका नेताहरुले यसअघि नै सरकार बनाउँदा मन्त्री बनाउने आश्वासन पाएकाहरुलाई प्राथमिकता दिने जनाएका छन् । त

८७ सदस्यीय प्रदेशसभामा अहिले ८३ सांसद कायम छन् । जसमा एमालेका २९, कांग्रेसका २७ र नेकपाका १२ सांसद । छन् बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । एमालेका मन्त्रीहरुको नाम मुख्यमन्त्री चेतनारायण आचार्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सहमतिमा पुगेको र पहिलो प्राथमिकता दोहोरिएर सांसद भएका तर मन्त्री नभएकाहरुलाई राखिएको स्रोतले जनाएको छ ।

Logo