मेजर लिग सकरमा इन्टर मियामीको रोमाञ्चक जित

मेजर लिग सकरमा इन्टर मियामीको रोमाञ्चक जित

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । दुई गोलले पछि परेको स्थितिलाई उल्टाउँदै इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा फिलाडेल्फिया युनियनविरुद्ध ६–४ को रोमाञ्चक जित दर्ता गरेको छ ।

सोमबार एनयू रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन लुइस स्वारेजले ह्याट्रिक गरे । जर्मेन बर्टरमेले दुई र रोड्रिगो डी पउलले एक गोल थपे । फिलाडेल्फियाका मिलान इलोस्कीले ह्याट्रिक र ब्रुनो दामियानीले एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै इलोस्कीले फिलाडेल्फियालाई अग्रता दिलाएका थिए । सात मिनेटपछि उनैले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । बर्टरमेले १२औँ मिनेटमा मियामीका लागि पहिलो गोल फर्काए । १९औँ मिनेटमा दामियानीले गोल गर्दा फिलडेल्फियाको अग्रता ३–१ मा पुग्यो ।

स्वरेजले २८औँ मिनेटमा गोल गर्दै गोल अन्तर ३–२ मा ल्याए । ४१औँ मिनेटमा बर्टरमले व्यक्तिगत दोस्रो गोल गर्दा मियामी ३–३ को बराबरीमा आयो । दुई मिनेटपछि नै स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै मियामीलाई ४–३ ले अगाडि बढाए ।

पहिलो हाफको इन्जुरी समयमा इलोस्कीले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै खेललाई ४–४ को बराबरीमा ल्याए । स्वारेजले ८०औँ मिनेटमा ह्याट्रिक पूरा गरेपछि मियामीको अग्रता ५–४ मा पुग्यो । खेलको इन्जुरी समयमा डी पउलले मियामीका लागि छैटौँ गोल गरे ।

जितसँगै १५ खेलमा ३१ अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको दोस्रो स्थानमा छ । पराजित फिलाडेल्फिया समान खेलबाट सात अंकका साथ पुछारमा छ ।

Skip This
Skip This
Logo