श्रम संस्कृति पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न ‘उर्दी’

श्रम संस्कृति पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न ‘उर्दी’

केन्द्रबिन्दु
141
Shares

काठमाडाैं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना पार्टी मातहत हुने हरेक कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा अनिवार्य रूपमा अध्यक्ष साम्पाङको तस्वीर प्रयोग गर्न ‘उर्दी’ जारी गरेको छ।

पार्टीको कोशी प्रदेश (१ नं. प्रदेश) कार्यसमितिले मातहतका सबै निकायलाई एक पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो।

प्रदेश कार्यसमितिका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा प्रदेश मातहतका जिल्ला, महानगरपालिका, उप–महानगरपालिका, पालिका, वडा, र टोल तहसम्म हुने सबै प्रकारका कार्यक्रममा यो नियम लागू हुने उल्लेख छ। पत्रमा साम्पाङलाई ‘श्रद्धेय श्रम पिता’ को रूपमा सम्बोधन गरिएको छ।

पार्टीद्वारा जारी परिपत्रमा भनिएको छ, “१ नं. प्रदेश मातहतमा गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङ ज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु गराउनु हुन अनुरोध छ।”

Logo