गजल (गुनासो)

गजल (गुनासो)

केन्द्रबिन्दु
27
Shares


सधैं दौड- धुप सधैं ब्यस्त कति हुत्तिन्छौ तिमी
सगैं हिड्ने रहर छ मलाई किन उछिन्छौ तिमी

कहिलेकाहीं त मलाई पनि समय देउ न भन्छु
उपहार स्वरूप मलाई घडी पठाइदिन्छौ तिमी

काम मात्र प्यारो तिम्रो मेरो चाहिं छैन वास्ता
जागीरको तापमा सधैं कति उसिनिन्छौ तिमी

भरी भई पोखिंदा पो क्या मजा हुन्थ्यो होला
उम्लिएर एक्लै बढ्दा कुन बेला रित्तिन्छौ तिमी

धैर्य गर सम्झने गर मेरो पनि त यहां कोही छ
सह्मालिएर हिड्ने गर ब्यर्थ किन उफ्रिन्छौ तिमी

– ज्ञानेन्द्र फुयाल
हाल(धरान सुनसरी

Logo