कालिकोटमा कर्फ्यु हट्यो, सोमबार दुवै पक्षवीच छलफल हुने

कालिकोटमा कर्फ्यु हट्यो, सोमबार दुवै पक्षवीच छलफल हुने

केन्द्रबिन्दु
0
Shares

कालीकोट । कालिकोटमा शुक्रबारबाट लागाइएको कर्फ्यु हटाइएको छ । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाइएको थियो ।

मृतक म्यादी प्रहरी विवेक ऐडीका आफन्तहरुले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो ।
समितले सोमबार नै दुवै पक्षवीच छलफल गर्ने छ ।

कर्फ्यु हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo