काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि राजनीतिमा प्रवेश गर्नुअघि प्रबन्ध निर्देशकका रूपमा आबद्ध रहेको गोरखा मिडिया नेटवर्क प्रालिको ग्यालेक्सी फोरके टेलिभिजनलाई भाडा तिरी घर खाली गर्न काठमाडौं महानगरपालिकाले १५ दिने अल्टिमेटम दिएको छ ।
उक्त टिभी एक दर्जन सहकारी संस्थाबाट सर्वसाधारणको २१ अर्बभन्दा बढी रकम ठगी गरेका फरार रहेका जिवि राईको प्रमुख स्वामित्व रहेको थियो । सोही प्रकरणमा राई फरार रहेपनि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी विरुद्धको ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा विभिन्न अदालतमा विचारधिन रहेका छन् ।
जीबी राईले देशभरका दर्जनौं सहकारीको करोडौं रकम ल्याएर टेलिभिजनमा लगानी गरेका थिए । तर, स्थापनाको तेस्रो वर्ष नपुग्दै टेलिभिजन बन्द हुनुका साथै राई वर्षौदेखि फरार छन् । उनीसँग मिलेर ग्यालेक्सी टेलिभिजनमा काम गरेका रास्वपा सभापति लामिछानेले समेत सहकारीको रकम अपचलनको मुद्दा खेपिरहेका छन् ।
२०७९ असार १ मा गोर्खा मिडिया छोडेका लामिछानेले असार ७ मा सुशासनको अभियानसहित रास्वपा पार्टी घोषणा गरेका थिए । सोही सालको मंसिरमा भएको निर्वाचनमा उनी चितवनबाट सांसद बने र देशको उपप्रधान तथा गृहमन्त्री समेत बने । पछि सोही कम्पनीमा आर्थिक कारोवारको बिषयले उनको सांंसद पद निलम्बन हुनुका साथै जेल पनि जानु पर्यो ।
सोही संस्था गोर्खा मिडिया नेटवर्कले झण्डै तीन वर्षदेखि भाडा नबुझाएका कारण आज ललामिको अवस्थामा पुगेको छ । काठमाडौं महानगरपालिकाले आज सूचना जारी गर्दै वडा नम्बर ३, स्थित घरधनी मृगेन्द्रप्रसाद मिश्रलाई बहाल रकम बुझाई प्रालिद्धारा सञ्चालित ‘ग्यालेक्सी फोर के’ टेलिभिजनको सामान लैजान भनेको हो । मिश्रसहितले ‘भाडा असुलउपर गरी घर जग्गा खाली गराई पाऊँ’ भनी दिएको निवेदनमा महानगरले २०८१ कात्तिक १४ गते घरजग्गाको बहाल रकम र बहाल कर प्रतिवादीबाट भराई खाली गराउने निर्णय गरेको थियो ।
यस्तै, ०८२ साउन २८ गते उच्च अदालत पाटनले दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्न महानगरको नाममा समेत परमादेश जारी गरेको थियो । अदालतको परमादेशबमोजिम ०८२ कात्तिक १४ गते महानगरबाट डोर खटी निर्णय कार्यान्वयन गरिएको ६ महिनापछि ‘ग्यालेक्सी टिभीको सामान लिलाम गरिपाउँ’ भन्दै मिश्रले गत वैशाख २१ गते निवेदन दिएपछि महानगरले सूचना निकालेको हो ।
सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र घरधनी वादीलाई बुझाउनुपर्ने बहाल रहम बुझाई आफ्नो सरसमान लैजान यो सूचना प्रकाशित गरिएको हुँदा म्यादभित्र आफ्नो ग्यालेक्सी फोर के टेलिभिजनसम्बद्ध सरसमान लगी घर खाली गर्न अन्तिम सूचना प्रकाशित गरिएको छ ।’ सो अवधिभित्र भाडा तिरी सरसमान नलगेमा लिलाम हुने महानगरको विज्ञेप्तीमा उल्लेख गरिएको छ ।
रोचक कुरा चाँही के छ भने, महानगरपािलकाले लिलाम गर्न लागेको ग्यालेक्सी टिभीका पूर्व कर्मचारी भने बहालवाल मन्त्री, रास्वपा सभापती रवि लामिछानेदेखि अन्य ८ जना बहालवाला सांसद रहेका छन् ।
प्रतिष्ठत सन्चार माध्यम मानीएको ग्यालेक्सी फोरके र देशकै ठुलो मानीएको शहकारी ठगि प्रकरणमा जोडिएका यस घटनाले सवैत्र चर्चा पाएको थियो ।
ठुलो तामझाम र देशका प्रतिस्ठत सन्चारकर्मीहरुलाई जम्मा गरेर २०७७ फागुनमा शुरु गरिएको टेलिभिजान धेरै समय टिक्न सकेन । २०७९ साल अषाढमा रवि लामिछानेले छोडे पछि आन्तरिक विवाद र समस्यामा फसेको टेलिभिजन अन्नत सामान लिलामि गरेर घरधनिजलाई भाडा असुल गर्नु पर्ने परिस्थिती सम्म पुगेको छ ।
न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गर्दै आएका लामिछानेले नयाँ टेलिभिजन खोल्नकै लागि भनेर सो संस्थाबाट उनी बाहिरिएका थिए । टेलिभिजनको अध्यक्षमा जिबी राई रहेका थिए भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका थिए ।
लामिछाने संगै न्यूज २४ टेलिभिजनबाट सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रोडुसर दिपक वोहरा पनि ग्यालेक्सी ४ के मा आवद्ध भए । रवि विश्वास पात्र रहेका वोहरा कन्चनपुर २ वाट निर्वाचित संसद हुन ।
रवि पछिको ग्यालेक्सी ४ के का व्यवस्थापकिय भुमिका सम्मालेका विपिन आर्चाय पनि हाल सांसद रहेका छन् । उनी दाङ क्षेत्र नं. २ वाट एमाले महासचिव शंकर पोखरेललाई हराएर संसद बनेका हुन् ।
ग्यालेक्सी ४ के कार्यक्रममा प्रोड्युसर रहेकी प्रतिभा रावल समानुपातिक संसद हुदै बहालवाल सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रुपमा रहेकी छन् । सहकारी विवादमा परेको वेला रवि लामछिानेलाई बलियो साथ दिएकी प्रतिभा हाल बालेन शाह नेतृत्व सरकारको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहेकी छन् ।
यसैगरी ग्यालेक्सी ४ के कार्यक्रममा कार्यक्रम प्रस्तोताका रुपमा काम गरेका रमेस प्रसाई समानुपातिक कोटावाट सांसद बनेका छन् । फरक क्षमता भएका उनी रविले छोडे पछि पनि सोही टिभीमा लामो समय काम गरेका थिए ।
रास्वपा संसददिय दलको सचेतक रहेकी क्रान्ति शिखा धिताल पनि ग्यालेक्सी फोरकेको पूर्व कर्मचारी हुन् । कार्यक्रम प्रस्तोताको रुपमा रवि संगै ग्यालेक्सी ४ केमा काम गरेकी उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
झापा क्षेत्र नं. ३ वाट राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनलाई हराएर संसद प्रवेश गरेका प्रकाश पठाक पनि ग्यालेक्सी फोरकेका पूर्व कर्मचारी हुन् । उनी ग्यालेक्सी ४ के मा डेक्स चिफको रुपमा कार्यरत रहेका थिए ।
यता कास्की २ वाट निर्वार्चित सांसद उत्तम प्रसाद पौडेल पनि ग्यालेक्सी ४ के टिभिका पूर्व कर्मचारी हुन् । उनी रवि लामिछाने संगै न्यूज २४ बाट ग्यालेक्सी ४ केमा गएका थिए । उनी ग्यालेक्सी ४ केमा पोखरा सम्वाददाताका रुपमा कार्यरत रहेका थिए ।
कन्चनपुर ३ वाट विजयी भएका रास्वपा सांसद ज्ञानेन्दसिंह महता पनि ग्यालेक्सी ४ के का पूर्व कर्मचारी हुन् । उनी ग्यालेक्सी ४ क कन्चपुर जिल्ला रिपोर्टरका रुपमा कार्यरत रहेका थिए । फाल्गुन २१ को निर्वाचनमा उनी भारी मतले विजयी भएर संसदमा प्रवेश गरेका हुन् ।
त्यस्तै जुम्लाबाट रास्वपा संसदको उम्मेदावर बनीकी विनाता कठायत पनि ग्यालेक्सी ४ के का पूर्व कर्मचारी हुन् । उनी २०७९ सालको प्रतिनिधिसभामा समानुपाति तर्फवाट सांसद भएकी थिईन भने यस पकट भने पराजित भएकी छन् ।
जनतालाई समाचार सुनाउने स्टुडियो अहिले लिलामीको सूचीमा परेको छ। त्यही स्टुडियोबाट उदाएका अनुहारहरू भने अहिले संसद् र मन्त्रालयसम्म पुगेका छन्। यो यात्रालाई नेपाली सन्चार इतिहासको एउटा विडम्बनापूर्ण अध्यायका रूपमा हेरिएको छ।





























प्रतिक्रिया