भारतको विजय विहारस्थित आध्यात्मिक विश्वविद्यालयका कथित बाबा वीरेन्द्र देव दीक्षितको हर्कत बाहिर आएको छ ।
उनको दिल्लीस्थित आठ वटा आश्रममा सीबीआईले खोजतलास गरेको थियो । त्यही आधारमा त्यहाँको अदालतले प्रश्न उठाएको छ, ‘आखिर कस्तो आश्रम हो, जहाँ केवल एकै उमेरको युवती मात्र राखिन्छ ?’
सीबीआइले तीन दिनदेखि उक्त आश्रममा छापा मारिरहेको छ । त्यस क्रममा ४१ जना नाबालिगलाई आश्रमबाट निकालिएको थियो । उनीहरुलाई शेल्टर होममा पठाइएको छ । आश्रममा अझै पनि एक सय ५० युवती एवं महिला छन् , उनीहरु बाहिर आउन अस्विकार गरिरहेका छन् ।
त्यहाँ रहेका युवतीहरु केहि पनि बताउन चाहँदैनन् । सुत्रका अनुसार बाबाले हाइप्रोफाइल रैकेट चलाइरहेका थिए । आध्यात्मिक नाम दिएर युवतीहरु लगिने उक्त आश्रमभित्र के हुन्थ्यो, कसैलाई थाहा थिएन ।































प्रतिक्रिया