वायुमण्डलमा न्युन चापीय रेखाको प्रभावले केही स्थानमा पानी पर्ने र हावाहुरी चल्ने

वायुमण्डलमा न्युन चापीय रेखाको प्रभावले केही स्थानमा पानी पर्ने र हावाहुरी चल्ने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्वसम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको छ ।

जल तथा मौसम विभागका अनुसार आज साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै देशका तराई र पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । विभागकाअनुसार आज राती सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ।

सुदूरपश्चिम, कर्णाली र, गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Logo