गुजरात टाइटन्स आईपीएलको फाइनलमा

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्स फाइनल पुगेको छ । अब आइतबार हुने फाइनलमा गुजरातले डिफेन्डिङ च्याम्पियन रोयल च्यालेर्न्ज बेंगलुरुको सामना गर्नेछ ।

गुजरात टाइटन्सले चन्डिगढमा भएको क्वालिफायर–२मा राजस्थान रोयल्सलाई सजिलै ७ विकेटले हरायो । जितका लागि २ सय १५ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेट गुमाएर १८.४ ओभरमा २ सय १९ रन बनाउन सफल रह्यो ।

ओपनर तथा कप्तान शुभमन गिलले १ सय ४ रनको शतकीय इनिङ्स खेले । उनले ५३ बलको मात्र सामना गरे र त्यसमा १५ चौका र तीन छक्का प्रहार गरे । अर्का ओपरन साई सुदर्शनले ३२ बलमा ५८ रन बनाए ।

ओपनर वैभव सूर्यवंशी लगातार दोस्रो खेलमा शतक बनाउन चुके । उनी ९६ रन बनाएर आउट भए । यस्तै रविन्द्र जडेजाले ४५ रनको योगदान गरे ।

Skip This
Skip This
Logo