काठमाडौं,९,पुस

औषधि व्यवस्था विभागले भारतबाट आयात हुने सात प्रकारको औषधिको बिक्री वितरणमा रोक लगाएको छ । "/>

भारतबाट आयात हुने सात वटा औषधि बिक्री गर्न रोक

भारतबाट आयात हुने सात वटा औषधि बिक्री गर्न रोक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,९,पुस

औषधि व्यवस्था विभागले भारतबाट आयात हुने सात प्रकारको औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै भारतको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रालिले उत्पादन गर्ने औषधि गुणस्तरहीन रहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको जनाएकोे छ ।

विभागले उक्त कम्पनीका औषधि परीक्षणको क्रममा गुणस्तरहीन पाइएको जानकारी दिएको छ । विभागले जारी गरेको सूचना अनुसार औषधि ऐन २०३५ को दफा १४ बमोजिम नेपालमा बन्द गरिएको हो । उक्त कम्पनीका उत्पादन व्रजाक्षर चूर्ण (३० ग्रामको बट्टामा आउने) , सारस्वत चूर्ण, अभिपत्तिकर चूर्ण, लवणभाष्कर चूर्ण (६० ग्रामको), सितोपलादी चूर्ण (६० ग्रामको), पञ्चष्कर चूर्ण (६० ग्रामको) र पुष्यानुग चूर्ण (केशरयुक्त) न्यून गुणस्तरका पाइएका छन् । उक्त औषधि प्रयोग भएमा रोक निको नहुने तथा अन्य थप रोगहरु समेत सिर्जना हुन सक्ने खालका छन् । विभागले जारी गरेको सूचनामा नेपाल भित्रिएको औषधि समेत फिर्ता लानु पर्ने बताएको छ । विभागले उक्त कम्पनीलाई समेत सूचना जारी गरेको जनाएको छ । नेपालमा उत्पादन हुने तथा बाह्य देशबाट उत्पादन हुने औषधिहरुको निरन्तर परीक्षण हुने गरेको छ । विभागले कुनै त्रुटि देखा परे बिक्री वितरणमा रोक लगाउने गरेको छ । केही समय पहिला भारतको पतञ्जली आयुर्वेदिक संस्थाबाट उत्पादन हुने चार प्रकारका र नेपालमा उत्पादन हुने मेट्रो ४०० लगायतका आठ प्रकारको औषधिलाई बन्द गरेको थियो ।
आर्थिक दैनिकबाट

Skip This
Skip This
Logo