काठमाडौं ।
लामो समयको प्रयासपछि हिमालय बैंक र बैंक अफ काठमाण्डूले न्याय पाएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि गरेको लगानी डुबेपछि मुद्धा परेको थियो । आठ वर्षपछि यी दुई बैंकले मुद्धा जितेका छन् । अब सो आयोजनामा लगानी गरेको रकम फिर्ता पाउने भएका छन् ।
चीनमा परेको मुद्दा जितेपछि रकम पाउने पक्का भएको हो । मुद्धा जितेपछि डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता आउने भएको हो । बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जना फिर्ता पाउनेछ । यो नेपाली रुपैयाँमा करिब ९० करोड हुन आउँछ । त्यस्तै, हिमालयन बैंकले पनि ६६ करोड फिर्ता पाउनेछ ।
मुद्दा जिते लगत्तै शुक्रबार बिहान दुवै बैंकलाई चीनको अदालतले खबर गरेको छ । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुल उपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो । जसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए ।
गत फेब्रुअरी १५ मा भएको बहसमा अदालतले बैंकलाई मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गरेको सबुत प्रमाण पेश गर्न एक महिनाको समय दिएको थियो । दुवै बैंकले आफ्नो खाताबाट मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी दिएको सम्पूर्ण प्रमाण अदालतमा पेश गरेका थिए । सोही प्रमाणका आधारमा चिनियाँ अदालतले फैसला गरेको हो ।































प्रतिक्रिया