काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका चार सय ५३ नेपालीको उद्धार गरिएको छ ।
आकर्षक जागिर र उच्च आम्दानीको प्रलोभनमा पारेर नेटवर्किङ व्यवसायको नाममा भारत पुर्याइएका उनीहरुलाई बेलहिया नाका हुँदै नेपाल ल्याएर छानबिन सुरु गरिएको हो । उद्दार गरिएकामध्ये केही अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइ बन्दक बनाइएको हुनसक्ने देखिएको छ ।
हाल उनीहरूसँग जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर विवरण सङ्कलन, स्क्रिनिङ तथा सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया