फरार कैदी समात्न प्रहरीले गोली चलायो

फरार कैदी समात्न प्रहरीले गोली चलायो

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । लुटपाटमा संलग्नलाई समात्न प्रहरीले काठमाडौंको जडीबुटीमा गोली चलाएको छ । प्रहरीमाथि जाइलागेपछि एक राउन्ड गोली प्रहार गरी घाइते अवस्थामा गणेश कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार कार्की भदौ २४ मा केन्द्रीय कारागारबाट फरार भएका थिए । कार्की डाँका मुद्दाका आरोपित हुन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी भट्टराईले कान्तिपुरलाई बताए

Logo