नुवाकोट, पुस, ८
बेलकोटगढी नगरपालिका–६ अर्चलेकी कुन्तुमाया तामाङले ८५ वर्षका उमेरमा नागरिकता पाएकी छिन् । वि.सं. १९८९ भदौ ६ गते जन्मिएकी तामाङले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ वीरेन्द्र यादवले जानकारी दिए ।
उनको नागरिकता प्रमाणपत्र नंं २५०१७४/०६१२६ रहेको छ । सानै उमेरमा विवाह गरी घरमा बस्दै आएकी तामाङका श्रीमान् र एक मात्र छोराको समेत मृत्यु भइसकेकाले कागजात जुटाउन नसक्दा नागरिकता प्राप्त गर्नबाट वञ्चित थिइन् । तामाङ समुदायको बाहुल्य रहेको उक्त वडाका अर्चले, डडुवा लगायत बस्तीमा सचेतना अभावले महिलाहरु नागरिकता लिन वञ्चित हुने गरेका छन् ।
गोरखापत्रबाट





























प्रतिक्रिया