काठमाडौं। नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा साबिक विजेता बंगलादेशको सामना गर्ने भएको छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको छ । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
६ अंक जोडेको नेपालले जितसँगै समूह चरणमा दुई खेल खेल्दा शतप्रतिशत जित निकाल्यो । टोलीले यसअघि भएको पहिलो खेलमा भुटानविरुद्ध १–० को कठिन जित निकालेको थियो । आइतबार भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा नेपाललाई जिताउन कप्तान रेनुका नगरकोटे र स्ट्राइकर रश्मीकुमारी घिसिङले समान एक गोल गरे ।
आइतबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशविरुद्ध ३–० को सहज जित निकाल्यो । यससँगै नेपाल र बंगलादेशको भेट सेमिफाइनलमै तय भएको हो ।
अघिल्लो संस्करणमा यी दुई फाइनलमा भिडेका थिए । यससँगै बंगलादेशको ९ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । टोली अघिल्ला दुई संस्करणमा अपराजित रहँदै च्याम्पियन बेनेको थियो ।
गोवाको जवाहरलाल नेहरु रंगशालामा भारतलाई जित दिलाउन प्यरी जाक्सा, लिन्डा कोम सेर्टो र माल्भिकाले समान एक गोल गरे । शतप्रतिशत जितसहित दुई खेलमा ६ अंक जोडेको भारत समूह ‘बी’ को विजेता बन्यो ।
पराजित बंगलादेशले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो । समूह ‘ए’ बाट नेपाल विजेता र भुटान उपविजेता बन्दै अन्तिम चारमा पुगे । अर्को सेमिफाइनलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।































प्रतिक्रिया