एमाले महासचिव भन्छन् – ‘प्रधानमन्त्री शाह राष्ट्रको प्रतिनिधित्व गर्छन कि अरुको’

एमाले महासचिव भन्छन् – ‘प्रधानमन्त्री शाह राष्ट्रको प्रतिनिधित्व गर्छन कि अरुको’

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतामाथि प्रश्न उठाएको बताएका छन् । उनले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको धारणा अस्वाभाविक रहेको उल्लेख गर्दै त्यसले प्रधानमन्त्रीको भूमिकामाथि नै प्रश्न खडा गरेको बताएका हुन् ।

पोखरेलले लेखेका छन्, ‘बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्तिले उनले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिपछि विभिन्न राजनीतिक दलका नेताहरूले प्रतिक्रिया जनाइरहेका छन् ।

यसैक्रममा एमाले महासचिव पोखरेलले पनि प्रधानमन्त्रीको भनाइप्रति असहमति जनाउँदै सार्वजनिक धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस जारी रहेको छ।

Skip This
Skip This
Logo