काठमाडौं ।
कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि अस्पताल भर्ना भएका चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। उनलाई विहिबार आइसियूमा सारिएको थियो ।
कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि घरमा नै आइसोलेशन बसिरहेका उनको बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो ।
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका गरेका थिए। उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।































प्रतिक्रिया