काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुगेका छन्।
भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्य सभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका हुन् ।
रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि पार्टीका तर्फबाट नेतृत्व गर्दै लामिछाने भारत भ्रमणमा गएका हुन् । भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य पनि रहेका छन् ।
प्रतिनिधिसभामा करिब दुई तिहाइको सङ्ख्या रहेको सत्तारूढ पार्टीका सभापति लामिछानेको यस किसिमको औपचारिक भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास गरिएको छ ।































प्रतिक्रिया