किन यी केटीहरु हतियार बोकेर समुन्द्री किनारदेखि पार्टीसम्म घुम्छन्

किन यी केटीहरु हतियार बोकेर समुन्द्री किनारदेखि पार्टीसम्म घुम्छन्

केन्द्रबिन्दु
0
Shares

जेरुसेलम, ७ पुस ।

इजरायल यस्तो देश हो, जहाँ सेनाको संख्या ३१ लाखको हाराहारीमा रहेको छ । त्यसमा १५ लाखभन्दा बढी संख्यामा महिला सेनाहरु रहेका छन् । इजरायल नै यस्तो देश हो, जहाँ पुरुष सेना बराबर महिला सेना छन् । विश्वको अरु कुनैपनि देशमा यस्तो किसिमको समानता भने छैन । इजरायल विश्बको यस्तो पनि देश हो, जहाँ हरेक घरका एक जना व्यक्ति सेना हुन्छन् ।

इजराजयलमा सेनाको प्रशिक्षण निकै कठोर हुन्छ । तर इजरायलमा सेनाको तालिम गराउँदा महिला र पुरुषलाई समान रुपमा गराइन्छ । दुबैलाई एकै किसिमको तालिम दिलाइन्छ ।

अरब देशसँग युद्ध भएपछि नै इजरायलले महिलालाई सेनामा भर्ना गर्न थालेको थियो । त्यसबेला पुरुष सेनाको संख्या कम भएपछि महिलालाई सेनाको रुपमा नियुक्त गरिएको हो । उक्त समयमा मात्र २० हजार महिलालाई भर्ना गरिएको थियो ।
त्यसबेला इजरायल अरब क्षेत्रमा एक्लो थियो र अर्कोतर्फ जोर्डन, लेबनान, इजिप्ट, सीरिया, यमन र साउदी अरब देशहरु थिए । यस भयानक युद्धमा इजरायललाई बचाउन केटीहरुलाई सेनामा भर्ना गरिएको थियो । महिलाहरुले आफ्नो देशको रक्षाका लागि ज्यानको बाजी थापे । उनीहरु लडाईमा भिड्न कत्ति पनि डराएनन् ।

त्यही कारण उक्त देशले महिलालाई आर्मीमा सधै विश्वास गर्‍यो । अहिले त्यहाँका महिला आर्मीले बिना युनिफर्म पनि लाइसेन्सवाला हतियार राख्न पाउँछ । उनीहरु पार्टीमा वा समुन्द्री किनारमा समेत हतियार बोकेर घुमिरहेका हुन्छन् ।

Skip This
Skip This
Logo