सन्दीप, कुशल र दीपेन्द्र एलपीएलमा बिके

सन्दीप, कुशल र दीपेन्द्र एलपीएलमा बिके

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपालका सन्दीप लामिछानेसहित तीन क्रिकेटर श्रीलंकामा हुने लंका प्रिमियर लिग (एलपीएल) २०२६ मा अनुबन्ध भएका छन् ।

सोमबार भएको ड्राफ्टबाट लेग स्पीनर सन्दीपलाई चार पटकको च्याम्पियनसिप जाफ्ना किंग्सले २० हजार डलरमा अनुबन्ध गरेको हो ।

यसमा अन्य दुई खेलाडी दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल पनि एलपीएलका लागि अनुबन्धित भएका छन् । भुर्तेललाई कोलम्बो क्याप्स र दीपेन्द्रलाई जाफ्ना किङ्सले खरिद गरेको हो। उनीहरु दुबैजना एसोसिएट्स क्याप विधाबाट बिक्री भएका हुन्। यो विधाको बेस प्राइस १५ हजार अमेरिकी डलर रहेको छ ।

Skip This
Skip This
Logo